काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि आइतबारबाट सकिएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर आज देखि कारोबारका लागि योग्य भएको छ ।
कम्पनीले सर्वसाधारणलाई २०७८ कात्तिक ५ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको थियो ।