काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १००% हकप्रद सेयर निष्कासनका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो ।
आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।