Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्ण : राष्ट्रियसभा अध्यक्ष दाहाल


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 99
    Shares

  • अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्ण : राष्ट्रियसभा अध्यक्ष दाहाल

     

    काठमाडौँ ।  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्वसमुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताउनुभएको छ ।

     

            अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को एक सय ४९औँ महासभामा सहभागी भई स्वदेश फर्केपछि आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न आइपियुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

     

    औपचारिक सम्बोधनका साथै विभिन्न बैठकमा आइपीयूका अध्यक्ष र महासचिव, स्वीट्जरल्याण्डको सङ्घीयसभा नेसनल काउन्सिलका अध्यक्ष तथा अन्य राष्ट्रका समकक्षीसँगका भेटघाट विश्वसमुदायमा नेपालको सम्बन्ध विस्तार र उपस्थितिका लागि महत्वपूर्ण रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

     

    महासभाका क्रममा एसिया–प्यासिफिक समूहको बैठक र दिगो विकाससम्बन्धी छलफलमा सांसद कृष्णप्रसाद पौडेल र तारामान स्वार तथा महिला तथा युवा सांसदको फोरममा सुनिता बराल र निशा डाँगी सहभागी भई आफ्ना विषयवस्तु राख्नुभएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

     

    महासचिवहरूको फोरममा महासचिव पद्मप्रसाद पाण्डेले संसद् र नागरिकको सहभागिता, संसद्मा समाचार र नवप्रवर्तन, संसदीय समितिबीच प्रतिस्पर्धात्मक व्यवस्थापनलगायत छलफलमा सहभागिता जनाउनुभएको थियो । एक सय ८१ राष्ट्र सदस्य रहेको आइपियुको महासभामा एक सय ३० भन्दाबढी राष्ट्रका करिब एक हजार पाँच सय प्रतिनिधि र कतिपय देशका पर्यवेक्षकको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस