काठमाडौँ । लक्ष्मी सनराइज बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४२०.५३ प्रतिशतले बढेर ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी घटे पनि इमपेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड २७ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी ४२५.५३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।
खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३५ पैसाले बढेर ९ रुपैयाँ २५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा छ ।