काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा यसले २३.३६% ले खुद नाफा वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी १४.२२% ले घटेर ४ अर्ब ११ करोडमा झरेको छ । यसको सञ्चालन नाफा १९.४०% ले बढेको छ ।
असोज मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा भने ४.३८% बाट बढेर ४.६७% भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।