काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १२ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्ममा बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको खुद ब्याज आम्दानी १६.६७ र सञ्चालन नाफा ११.१५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २१ करोड रुपैयाँमा रहेको इम्पेयरमेन्ट चार्ज बढेर ४१ करोड रुपैयाँ पुगेको छ ।
हाल प्राइम बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा १० अर्ब ९ करोड रुपैयाँ नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५३ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा रहेको छ ।