काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज बुधबार कात्तिक ७ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले ७ दिनका लागि वित्तीय प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
साँवा र ब्याज भुक्तानी कात्तिक १४ गते गरिने भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।