Logo

Oct 30 2024 | २०८१, कात्तिक १४गते

images

नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा


नया सडक

२०८१, कात्तिक १३ मंगलबार

  • 213
    Shares

  • नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले नर्सरी व्यवसायीले देशमा बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ ।

    भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा चलेको तिहार फ्लोरा एक्स्पो २०८१ को समापन कार्यक्रममा उहाँले अधिकांश युवा विदेशीने क्रम चलिरहेको अवस्थामा नर्सरी व्यवसायीले स्वदेशमै बसेर काम गर्नु प्रशंसनीय भएको बताउनुभयो । “यहाँहरूले देशमै केही गर्न सकिन्छ भन्ने सम्भावनालाई वास्तविकतामा रुपान्तरण गर्नुभएको छ । विदेश जाने लहर चलेका बेला देशमै उद्यम गर्ने विषय धेरै महत्वपूर्ण छ”, उपाध्यक्ष सापकोटाले भन्नुभयो । 

    कात्तिक ९ गतेदेखि सुरु भएको मेलामा ६५ वटा व्यवसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रका तीन र प्रतिस्पर्धात्मक दुईवटा गरी ७० स्टल रहेका थिए । 

    सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले एक्सपो अपेक्षा गरेभन्दा राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो,“पाँचदिने मेलामा ४० हजारले अवलोकन गरे र ७२ लाखभन्दा माथिको कारोबार भएको छ । जुन हामीले सोचेको भन्दा राम्रो हो ।”

    मेलामा तिहारलाई लक्षित गरी गोदावरी, मखमलीलगायत फलफूल तथा कृषि सामग्री, बीजविजन, अर्गानिक तथा रसायनिक मल प्रर्दशनी तथा बिक्री वितरणका लागि राखिएका थियो ।

    प्रतिक्रिया दिनुहोस