Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

संघदेखि जिल्ला तहमा कांग्रेस एमालेको सत्ता सञ्चालन संयन्त्र , संघको बन्यो अब तलतिर बन्दै जाने


नया सडक

२०८१, कात्तिक २१ बुधबार

  • 459
    Shares

  • संघदेखि जिल्ला तहमा कांग्रेस एमालेको सत्ता सञ्चालन संयन्त्र , संघको बन्यो अब तलतिर बन्दै जाने

    काठमाडौँ । सत्तारुढ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउन  संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाएका छन् ।संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र आरजु राणा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।

    एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले  जानकारी सार्वजनिक गरे अनुसार सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सत्ता साझेदारबीच आवश्यक समन्वय गर्नेगरी संयन्त्र बनाइएको हो । केही समय अघि बनेको संयन्त्रलाई औपचारिकता दिएर अगाडि बढ्न खोजिएको हो ।उनका अनुसार प्रदेश र जिल्ला तहमा पनि समन्वय संयन्त्र बनाउने निर्णय भए अनुसार एमालेबाट संयन्त्रमा रहने नेताहरु समेत टुंगिएको छ ।प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन् । जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयार भएको छ । कांग्रेसले भने प्रदेश र जिल्ला तहको संयन्त्रका सदस्यहरुबारे निर्णय लिन नसकेको जनाइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस