काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंसिर ६ गते मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाल र भारतले एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आएका हुन् ।