Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

नेपाल राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक


नया सडक

२०८१, मंसिर ११ मंगलबार

  • 99
    Shares

  • नेपाल राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था ज्यादै नाजुक अवस्थामा पुगेको भन्दै आजदेखि लागु हुनेगरी उक्त बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो । बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेएबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेकोले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । 

    यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो ।उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ ।

    यसअघि कर्णाली डेभलपमेन्ट बैंक पटक पटक विवादमा पर्दै आएको थियो । कर्मचारीहरूको सेटिङमा बिनाधितो र अनधिकृत धितो राखेर बैंकले ऋण दिएको विषयमा बैंक पटक पटक विवादमा पर्दै आएको देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस