काठमाडौं । आज नेप्सेमा सूचीकृत २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने मंसिर १३ गते बिहीबार अन्तिम दिन हो । यसदिन सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी९४, सुनसरीमा बिहान ११ बजे सरु हुनेछ ।
फरवार्ड लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।