Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

३७ अर्बको बजेट तयारी: कोशी प्रदेशले संसदमा आज प्रस्तुत गर्ने

३७ अर्बको बजेट तयारी: कोशी प्रदेशले संसदमा आज प्रस्तुत गर्ने

  • विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३७ अर्ब रुपैयाँको बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। यस प्रयोजनका लागि प्रदेश सभाको बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

    आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट सभामा प्रस्तुत गर्नेछन्। चालु आर्थिक वर्ष २०८१/८२ का लागि पनि बजेट मन्त्री मगरले नै ल्याएका थिए, जुन ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको थियो। आगामी बजेट यसभन्दा थोरै वृद्धि भएर ३७ अर्ब हाराहारीमा सीमित हुने जानकारी प्रदेश प्रमुख हिक्मतकुमार कार्कीले दिएका छन्।

    झापाको गौरदह क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट लगातार घट्दो क्रममा रहेको भन्दै वर्तमान स्रोतसाधनको आधारमा ३३ अर्ब बराबरको मात्र वास्तविक स्रोत उपलब्ध रहेको बताए। "हामीले सकेसम्म समायोजन गरेर करिब ३७ अर्बको बजेट तयार पार्दैछौं," उनले भने।

    यस वर्षको बजेटमार्फत प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदहरूका लागि २ करोड ५० लाख र समानुपातिक सांसदहरूका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ। सांसदहरूको योजना कार्यान्वयनका लागि आवश्यक बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत व्यवस्थापन गरिने प्रदेश सरकार स्रोतले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij