Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

भौतिक पूर्वाधार मन्त्रालयले गर्‍यो ३७ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज

भौतिक पूर्वाधार मन्त्रालयले गर्‍यो ३७ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज

  •  

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक निर्माण कार्यका लागि अनुमति प्राप्त तर २०७८ साल चैतसम्म नविकरण नगरेका ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ।

    मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५(३) बमोजिम नविकरण नगरिएका कम्पनीहरूमाथि कारबाहीस्वरूप इजाजतपत्र खारेज गरिएको जनाएको हो।

    इजाजतपत्र खारेज गरिएका प्रमुख कम्पनीहरूमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन, भ्याली स्टार बिल्डर्स, गिरी कन्स्ट्रक्सन, डिलक्स द ब्रेभ वारियर अफ कन्स्ट्रक्सन, पारिजात निर्माण सेवा, इन्टरनेशनल इन्फ्रा बिल्डर्स, आर।एम।बी। इन्जिनियर्स एण्ड बिल्डर्स, शरदराज कोलाक्षपति कन्स्ट्रक्सन लगायत छन्।

    सरकारको यो निर्णयले निर्माण क्षेत्रको पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। इजाजत लिई निर्धारित समयसीमाभित्र नविकरण नगर्ने कम्पनीहरूमाथि यस्तो कारबाहीले अन्य व्यवसायीलाई पनि कानुनी प्रक्रिया पालना गर्न प्रेरणा दिने मन्त्रालयको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij