Logo

Jul 20 2025 | २०८२, साउन ४गते

Jul 20 2025 | २०८२, साउन ४गते

images

मनसुनमा सेवा अबरुद्ध नहोस् : विद्युत् र सञ्चार प्राधिकरणलाई कमाण्ड पोस्टको आग्रह

मनसुनमा सेवा अबरुद्ध नहोस् : विद्युत् र सञ्चार प्राधिकरणलाई कमाण्ड पोस्टको आग्रह

  •  

    काठमाडौँ । मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ । 

     

    कमाण्ड पोष्टको आज सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारण विद्युत् आपूर्ति तथा सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेका सन्दर्भमा सोको यथोचित र शीघ्र सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन विद्युत् र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो ।

     

    कमाण्ड पोष्टको आजको बैठकले मनसुन अवधिभर नेपाल टेलिकम, एनसेललगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो ।

     

    बैठकले हालै रसुवामा गएको बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १८औँ बैठकबाट निर्णय भएबमोजिम भन्सार पूर्वाधार, सडक, विद्युत् र अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत आकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको उपसचिव सुनारले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij