Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

महालेखा नियन्त्रकद्वारा सरकारको एकीकृत वित्तीय विवरण पेश, नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

महालेखा नियन्त्रकद्वारा सरकारको एकीकृत वित्तीय विवरण पेश, नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

  • काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१÷८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन  र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ ।

    महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गर्नुभयो । प्रतिवेदनअनुसार आव २०८१÷८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ । यस्तै, नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ ।

    विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij