काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बोलाएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार दिउँसो ४ः०० बजे बालुवाटारमा बस्नेछ।
प्रधानमन्त्री कार्कीले संघीय संरचनामा उत्पन्न नयाँ परिस्थिति र संघ–प्रदेश सरकारबीचको समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउनका लागि बैठक आह्वान गरेकी हुन्। उनका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बाग्मतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी रहनेछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij