Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

आइतबार सुनको मूल्यमा वृद्धि भएर तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँ कायम

आइतबार सुनको मूल्यमा वृद्धि भएर तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँ कायम

  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएर तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । 

    यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । 

    तर, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij