काठमाडौँ । शहरी विकास मन्त्री कुलमान घिसिङले स्थलगत भ्रमण गरी बञ्चरेडाँडा ल्याण्डफिल साइट खोलाएका छन् । ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको हो । आइतबार मन्त्री घिसिङले बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न खुलेको हो
कुलमान घिसिङ आज बिहानै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij