Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

१ अर्ब ६६ करोडमा हिमालयन बैंकको १ करोड ४० लाख कित्ता संस्थापक सेयर किनबेच

१ अर्ब ६६ करोडमा हिमालयन बैंकको १ करोड ४० लाख कित्ता संस्थापक सेयर किनबेच

  • काठमाडौँ । १ अर्ब ६६ करोडमा हिमालयन बैंकको १ करोड ४० लाख कित्ता संस्थापक सेयर किनबेच भएको छ ।हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर नेसनल लाइफ इन्स्योरेन्सले खरिद गरेसँगै कारोबारमा आएको हो ।आइतबार बैंकको १ करोड ४० लाख ६ हजार २१७ कित्ता सेयर १ अर्ब ६६ करोड ५० लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

    बैंकको प्रति कित्ता सेयर प्रति कित्ता ११८.८८ रुपैयाँमा  खरिदबिक्री भएको छ। नेसनल लाइफ इन्स्योरेन्सले हबिबको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर खरिद गरेकामा बिहीबार १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर १ अर्ब ६६ करोड ५० लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो।

    इन्स्योरेन्सले हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर खरिदका लागि प्रतिकित्ता ११२.८० रुपैयाँका दरमा सेयर बिक्रीमा राखेकामा नेसनल लाइफले ११८.८८ रुपैयाँका दरले किन्ने प्रस्ताव गरेको थियो।

    नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि  हबिब बैंकको सेयर किन्न नेसनल लाइफले भदौ पहिलो साता सेयर खरिदबिक्री सम्झौता (एसपीए) गरेकामा कारोबारमा आएको हो।
    हबिबले हिमालन बैंकमा रहेको आफ्नो १२.९३ प्रतिशत सेयर स्वामित्व नेसनल लाइफलाई बेचेर बाहिरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij