काठमाडौं । अनलाइन भन्सार ‘डेटाबेस’ प्रणालीको प्रयोग वीरगञ्ज भन्सारमा सुरु भएको छ । बजेटमा गरिएको प्रतिबद्धता अनुसार अनलाइन भन्सार ‘डेटाबेस’ प्रणालीको प्रयोग सुरु गरिएको हो ।चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुने गरी अनलाइन भन्सार डाटाबेस प्रणाली सञ्चालनमा ल्याउने जनाइएको थियो ।
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको शनिबार उद्घाटन गरे । अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासन प्रत्याभूति सहित व्यवसाय सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए ।
विश्व व्यापार संगठनद्वारा अनुमोदन भएको ‘ग्याट भेलुएसन’ प्रणालीलाई नेपालको भन्सार ऐन, नियममा समेत स्वीकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिने गरी त्यसको परीक्षणका लागि ‘अनलाइन कस्टम डाटाबेस’ प्रणाली कार्यान्वयनमा ल्याइएको उनले बताए ।
यो प्रणाली कार्यान्वयनले वैध व्यापार प्रोत्साहन हुने, मूल्य अभिवृद्धि कर (भ्याट) लगायत अन्य कर कार्यान्वयनमा सहयोग पुग्ने, अनौपचारिक कारोबारमा कमी आउने र उद्योग–व्यवसाय फस्टाउने विश्वास लिइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij