Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

अर्थ मन्त्रालय अन्तर्गत आएपछि  यस्तो बन्दै छ राजस्व अनुसन्धान विभागको संरचना ,दुई सहसचिव,१३ उपसचिव र ४१ अफिसरहरू रहने

अर्थ मन्त्रालय अन्तर्गत आएपछि  यस्तो बन्दै छ राजस्व अनुसन्धान विभागको संरचना ,दुई सहसचिव,१३ उपसचिव र ४१ अफिसरहरू रहने

  • काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गत आएपछि राजस्व अनुसन्धान विभागको संरचनामा केही फेरबदल भएको छ । राजस्व अनुसन्धान विभागमा दुई सहसचिव मध्ये एक महानिर्देशक र अर्को उपमहानिर्देश हुनेछन् । यस्तै १३ जना उपसचिव र ४१ जना अफिसर(शाखा अधिकृत)हरू रहने गरी नयाँ दरबन्दीसहितको संरचना बनाइएको हो ।

    राजस्व अनुसन्धान विभागका प्रशासन प्रमुख एवं सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार महानिर्देशक र उपमहानिर्देशकबाहेक ११ जना उपसचिवहरू राजस्व समूहका रहनेछन् भने दुई जना उपसचिवहरू प्रशासन समूहका रहने छन् । यस्तै चार जना अफिसरहरू प्रशासन समूहका ३७ जना अफिसरहरू राजस्व समूहका रहनेछन् । सुब्बा र तलका कर्मचारीसमेत सोही अनुसार राजस्व समूहका धेरै र प्रशासन समूहका थोरै रहने छन् । 

    राजस्व अनुसन्धान विभागमा यसअघि रहँदै आएको कानुन शाखा खारेज गरिएको छ । सरकारी वकिलतर्फको उपमहान्याधिवक्ता भने रहने छन् । उनको एउटा छुट्टै शाखा हुने छ । यता यसअघि उपसचिव रहँदै आएको लेखा शाखामा उपसचिव हटाइएको छ । अब लेखा शाखामा अफिसर मात्रै हुने छन् । राजस्व अनुसन्धान विभागमा अब सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभाग छुट्टै हुनेछ । राजस्व अनुसन्धान विभागका पथलैया ,बुटवल, इटहरी र कोहलपुरमा रहेका कार्यालयहरूमा अब राजस्व समूहका उपसचिवहरू रहने छन् । 

    विभागको अनुसन्धान शाखाहरूको निर्देशक उपसचिव रहने छन् । २०७४सालमा अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी गएको  राजस्व अनुसन्धान विभाग २०८२को कार्तिक दोस्रो हप्तादेखि अर्थ मन्त्रालय अन्तर्गत आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij