Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नेपाल राष्ट्र बैंकले नयाँ ५० रुपैयाँ नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता

नेपाल राष्ट्र बैंकले नयाँ ५० रुपैयाँ नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता

  •  

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि चीनको कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले ४२ करोड थान नयाँ नोटको डिजाइन, छपाइ र आपूर्ति कार्य सो कम्पनीमार्फत सम्पन्न गर्नेछ। राष्ट्र बैंकका अनुसार, नोट छाप्नको लागि उक्त कम्पनीलाई बोलकबोल प्रक्रिया मार्फत छनोट गरिएको हो र सोमबार करारसम्झौता पनि सम्पन्न भएको छ। नोटको डिजाइन र छपाइका लागि राष्ट्र बैंकले उक्त कम्पनीलाई कुल एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij