Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि ८% नगद लाभांश स्वीकृत

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि ८% नगद लाभांश स्वीकृत

  •  

    काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भयो। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई प्रस्तावित चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) सर्वसम्मतिबाट स्वीकृत गर्यो।

    साधारणसभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई पनि अनुमोदन गर्यो। बैंकले उक्त आर्थिक वर्षमा रु ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र रु ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो। अध्यक्ष ढकालले शेयरधनीलाई उचित लाभांश उपलब्ध गराउने प्रतिबद्धता र नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्ने रणनीतिक योजना रहेको बताए।

    साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, शेयरधनी, संस्थागत प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकाय तथा कर्मचारीको उपस्थिति रहेको थियो।

    बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४, २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’, ‘बेष्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

    ग्लोबल आइएमई बैंक देशभरका ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व काउन्टर, ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले विश्वभरबाट रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकलाई आर्थिक सेवा उपलब्ध गराउँदै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij