Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

उद्योगी सक्रिय: डेडिकेटेड–ट्रंकलाइन विद्युत बक्यौताको पहिलो किस्ता भुक्तानी सुरु

उद्योगी सक्रिय: डेडिकेटेड–ट्रंकलाइन विद्युत बक्यौताको पहिलो किस्ता भुक्तानी सुरु

  • काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युतको बक्यौता रहेका उद्योगहरुले धमाधम बक्यौता तिर्न सुरु गरेका छन्। सबैभन्दा बढी बक्यौता रहेको जगदम्बाले बुधबार पहिलो किस्ता ५ करोड ७२ लाख रुपैयाँ तिरेको छ। कम्पनीको कुल बक्यौता १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

    घोराही सिमेन्ट र कसमस सिमेन्टले पनि पहिलो किस्ता तिरेका छन्। घोराहीले १ करोड ८१ लाख, र कसमसले ३५ लाख रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। दाङमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रालिले २४ करोड २९ लाख ९९ हजार रुपैयाँको बक्यौतालाई २८ किस्तामा विभाजन गरी ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ। जसपछि सो कम्पनीको विद्युत लाइन पुनः जडान गरिएको छ।

    मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले पनि २८ किस्तामा बक्यौता बुझ्दै २ करोड ३८ लाख पहिलो किस्ता भुक्तानी गरेको छ। शिवमको कुल बक्यौता ६६ करोड ८९ लाख रुपैयाँ रहेको छ।

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, उद्योगीहरूले भुक्तानी धरौटीको रूपमा नभई किस्ताबन्दीमा बुझाएका हुन्। प्राधिकरणले प्रधान मन्त्री कार्यालयको पत्रअनुसार बोर्डको निर्णयपछि मात्रै कारबाही गर्ने जनाएको छ।

    बक्यौता विवादबारे अर्घाखाँची सिमेन्टले सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउन आदेश जारी भएको छ। विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइन महशुल विवादमा दुवै पक्षसँग छलफल गरेर निर्णय गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले उर्जा मन्त्रालयलाई बक्यौता तिर्न सहजिकरण र प्रशासनिक पुनरावलोकन गर्ने व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij