काठमाडौँ । मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकले वार्षिकरूपमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको हो ।मधेश प्रदेशका ८ जिल्ला जिल्लाहरूमा आर्थिक वर्ष (आव)२०८१/८२ असार मसान्तसम्मको जिल्लागत कृषि, उद्योग,सेवा तथा पूर्वाधारक्षेत्रको स्थिति र परिदृश्यको संक्षिप्त विश्लेषण यो प्रतिवेदनमा गरिएको निर्देशक डिलाराम सुवेदीले जनाएका हुन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । उपभोक्ता मूल्यमा मधेश प्रदेशको जीडीपी ८ खर्ब ४ अर्ब रहने अनुमान गरिएको छ ।
आव २०८१/८२ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.९९ प्रतिशतले हुने जनाइएको छ । मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सब भन्दा बढी योगदान वन कृषि र मत्स्य पालनको रहेको छ । यो क्षेत्रको योगदान ३६.७० प्रतिशत रहेको छ । सब भन्दा कम योगदान खानी तथा उत्खनन् क्षेत्रको ०.१५ प्रतिशत रहेको छ । आव २०८१/८२ मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा ९सय ३२ रहने अनुमान गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij