Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

अर्थतन्त्रमा समस्या देखिए पनि समाधानको तत्परता नदेखिएकोमा सिबबिफिनको चिन्ता

अर्थतन्त्रमा समस्या देखिए पनि समाधानको तत्परता नदेखिएकोमा सिबबिफिनको चिन्ता

  • र्थतन्त्रमा समस्या देखिए पनि समाधानको तत्परता नदेखिएको सिबबिफिनको चिन्ता  
    काठमाडौँ ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । शुक्रबार आयोजित  सिबिफिनको छैठौं साधारणसभामा अध्यक्ष पौड्यालले मौजुदा परिस्थितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

    उनका अनुसार बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी हुन्छ । अब यसको पुनरावलोकन गर्नु पर्ने अवस्था छ । बैंकको आम्दानीको  मोडल विविधीकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।निर्देशनात्मक कर्जा नीति पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ ।  लचिलो तथा समावेशी नीति अगाडि सार्न पनि आवश्यक छ । नेपालका बैंक तथा वित्तीय संस्था सेवाग्राहीप्रति प्रतिबद्ध छन् ।

    कार्यक्रममा उनले साना तथा मझौला उद्यमलाई रोजगारी सिर्जना गर्न, उद्यमशीलताको विकास र बैंकिङ क्षेत्रको ज्ञान अर्थतन्त्रको विकासमा हुनु पर्ने आवश्यकता औँल्याए ।उनका अनुसार  बैंकरहरू दीगो बैंकिङप्रति प्रतिबद्ध छन् । नीतिगत प्रोत्साहनका कार्यक्रम आउनुपर्छ । अर्थतन्त्रको मेरुदण्ड बैंकिङ क्षेत्र हो । निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । तर, त्यसमा बैंकको योगदानबारे चर्चा हुँदैन । उद्यमशीलता र वित्तीय क्षेत्रको सुदृढीकरण गर्न हातेमालो गर्न आवश्यक छ । 

    देश ग्रे लिष्टमा पर्नु चिन्ताको विषय भएको जनाउँदै उनले अब त्यसबाट बाहिर निस्कनका लागि सिबिफिन विभिन्न निकायसँग हातेमालो गर्न तयार रहेको बताए ।उनका अनुसार अर्थतन्त्रमा समस्या देखिए पनि समाधानको तत्परता देखिएको छैन । अब बैंकरहरूले आफ्नै बलबुतामा चुनौती न्यूनीकरण गर्नुपर्छ । त्यसका लागि सरोकारवालासँग आपसी विश्वास र समन्वय आवश्यक छ । मुलुकलाई लगानीको केन्द्रकोरुपमा विकास गर्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij