Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

साना तथा मझौला र कृषि कर्जाबारे गभर्नर पौडेलले खडा गरे सवाल

साना तथा मझौला र कृषि कर्जाबारे गभर्नर पौडेलले खडा गरे सवाल

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना तथा मझौला (एसएमई ) र कृषिकर्जाबारे सवाल खडा गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को छैठौँ साधारणसभामा गभर्नर पौडेलले राष्ट्र बैंकले बैंकहरुमाफर्त एसएमई र कृषि कर्जा प्रवाहमा प्राथमिकता दिए पनि त्यसको सदुपयोगको प्रश्न खडा भएको बताएका हुन् । 

    अहिले बैंकको खराब कर्जा अनुपात बढेको बताउँदै त्यसको एउटा कारण ऋणको सदुपयोगको विषय पनि रहेको बताए । गभर्नरले भने ‘एसएमई कर्जाले चाहेको जस्तो काम गरेको छकि छैन ? कृषि कर्जा कृषिमा माटो खेलाउनका लागि गएको छ कि अन्य ठाउँमा प्रवाह भएको छ ? कृषि लोन भनेर विदेश गइरहेको छ कि कागज खेलाउन कर्जा लगानी भइरहेको छ कि भन्ने कुरा बुझ्नुपर्छ,’ 

    यी दुवै क्षेत्रमा भएको कर्जाले राम्रो पफर्मेन्स दिनुपर्ने भए पनि त्यस्तो नभएको बताउँदै उनले यस विषयमा अध्ययन गर्न आवश्यक रहेको बताए ।कृषि कर्जा सदुपयोग भएको भए उद्यमशीलता बढ्ने थियो, रोजगारी बढ्ने थियो तर त्यसको भएको नपाइएको उनले जनाए ।
    यसमा लघुवित्तको भूमिका के छ ? कर्जा दिने बैंकका म्यानेजरले कस्तो भूमिका खेलेका छन् । यो विषय पनि अध्ययनको विषय भएको उनले जनाए ।उनका अनुसार  लोन लस प्रोभिजनको विषय अहिलेको समस्याका रुपमा रहेको छ । पछिल्लो समय चेक बाउन्स र कालोसूचीको विषय पनि समस्याको रुपमा देखिएको छ । 

    १९ लाख ऋणी मध्ये डेढ लाख ऋणी कालोसूचीमा पर्नु भनेको ठूलो समस्या हो । उनीहरु कालोसूचीमा पर्दा ऋण प्रवाह नभएको हो कि भनेर पनि बुझ्नुपर्छ । बैंकको शाखाको संख्याको विषयमा पनि अध्ययन गर्न आवश्यक रहेको छ ।सबै शाखा प्रभावकारी रुपमा चलिरहेका छन् कि छैनन भनेर विश्लेषण गर्न आवश्यक छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij