Nepali Paisa | मार्जिन कारोबारका लागि ११२ सूचीकृत कम्पनी योग्य (सूचीसहित)

Mon, 26 Feb 2024

1

shares
Shares
facebook sharing button
twitter sharing button

मार्जिन कारोबारका लागि ११२ सूचीकृत कम्पनी योग्य (सूचीसहित)

1

shares
Shares
nepalipaisa

Nepali Paisa

नेपाली पैसा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक सूची अनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । 

यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । यता, जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन् ।



Top Stories

Related News

  • Download App

  • 100k+ Downloads

  • 100k+ Downloads