Nepali Paisa | लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

Fri, 15 Mar 2024

3

shares
Shares
facebook sharing button
twitter sharing button

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

3

shares
Shares
facebook sharing button
twitter sharing button
nepalipaisa

Nepali Paisa

नेपाली पैसा

काठमाडौं : आन्दोलनरत लघुवित्त पीडित र सरकारबीचको वार्ता ६ बुँदे सहमतिमा टुंगिएको छ । पीडितहरुको तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली र सरकारी वार्ता टोलीको तर्फबाट वार्ता संयोजक नारायण प्रसाद रिसालले शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सरकार र लघुवित्त पीडितबीच लघुवित्त कम्पनीहरुलाई सेवामुखी संस्था बनाउन आवश्यक अध्ययन गर्ने सहमति भएको छ ।

यस्तै, राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्तलाई कानुनी कारबाही गर्ने, ऋणीहरुलाई वित्तीय साक्षरता तथा सचेतना गराएर मात्र कर्जा प्रवाह गर्न पाउने, लघुवित्तको ब्याजदर, सेवा शुल्क कम गर्ने तथा कर्जा र निक्षेपको ब्याजदर अन्तर कम गर्ने, विभिन्न समस्यामा परेर ऋण तिर्न नसकेका ऋणीहरुको ऋण मिनाहा गर्नुपर्ने मागमा स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्ने र लघुवित्त पीडितहरुले आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको हो । 


Top Stories

Related News

  • Download App

  • 100k+ Downloads

  • 100k+ Downloads