Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत प्रविण कोइरालाले यसरी गर्छन् भ्रष्टाचार ! , जनप्रतिनिधि र कर्मचारीबीच खटपट


नया सडक

२०७८, माघ ७ शुक्रबार (From Archieve)

  • 3.3k
    Shares

  • गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत प्रविण कोइरालाले यसरी गर्छन् भ्रष्टाचार ! , जनप्रतिनिधि र कर्मचारीबीच खटपट

    ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइरालाले गोदावरी क्षेत्रको जग्गा प्लटिङ र अवैध खानी उत्खनन्मा मिलेमत्तो गरेको भन्दै कर्मचारी र जनप्रतिनिधिबीच खटपट बढेको छ । कार्यालयलाई आवश्यक पर्ने सामग्री खरिद तथा प्लटिङ र अवैध खानी सञ्चालनमा प्रशासकीय अधिकृतले मिलेमत्तो गरेको नगरपालिका स्रोतको दाबी छ । स्रोतका अनुसार, लेले र टीकाभैरव क्षेत्रको खानी सञ्चालनका लागि कोइरालाले कागजी अनुमति दिने गरेको, कार्यालय र विकास निर्माणका काममा घुस खाने र अवैध प्लटिङ निर्माणमा पनि मिलेमत्तो गर्दै आइरहेका छन् । कोइरालाले उपभोक्ता समितिमार्फत् गरिएका विकास–निर्माणका काममा समेत कमिसन लिने गरेको, काममा ढिलासुस्ती गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए । नगरपालिका क्षेत्रमा भएका र हुँदै गरेका विकास–निर्माणका काममा कोइराला आफैं जाने गरेको र कमिसनका लागि वातावरण सिर्जना गर्ने गरेको बताइएको छ । 
    कोइराला गोदावरी नपामा प्रशासकीय अधिकृतका रुपमा करिब डेढ महिनाअघि मात्रै सरुवा भएर आएका थिए । यस अवधिमा उनले भित्रभित्रै नयाँ खानी दर्ता अनुमति दिन खोजेको, अवैध खानी तथा क्रसर उद्योगलाई कडाइ नगरेको, सडक र अन्य पूर्वाधारका काममा अनियमितता गरेको, पहिले रोकिएका जग्गा प्लटिङ गरेको, कार्यालयलाई आवश्यक पर्ने सामान खरिदमा अनियमितता गरेकोलगायत आरोप उनीमाथि लागेको छ । 
    गोदावरी क्षेत्रमा अवैध खानी सञ्चालन र जग्गा प्लटिङ हुँदै आइरहेको छ । त्यसमा मुख्य हात नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतकै रहने भएपछि प्रशासकीय अधिकृत कोइरालाले आर्थिक प्रलोभनमा परी अवैध काममा सघाउन थालेका छन् । स्रोतका अनुसार, उनले प्लटिङ र खानी सञ्चालनका लागि सघाउन थालेसँगै मेयर र उपमेयरसँग पनि सम्बन्ध चिसिन थालेको छ । नगरपालिका कार्यालय स्रोतका अनुसार प्रशासकीय अधिकृत कोइरालाले कार्यालयलाई आवश्यक पर्ने मसलन्दका सामान खरिदमा समेत अनियमितता गरेको पाइएको  छ । 
    ‘कार्यालयलाई आवश्यक पर्ने सामग्री खरिदमा पनि कार्यकारीले आफूखुसी गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘पहिले रोकिएका प्लटिङ र अवैध खानी उत्खनन् कार्य पनि कार्यकारी आएपछि पुनः सञ्चालन हुन थालेका छन् ।’ 

    प्रशासकीय अधिकृत कोइरालाले कार्यालयलाई आवश्यक पर्ने मसलन्दका सामान खरिदमा समेत अनियमितता गरेको पाइएको  छ । 
    ‘कार्यालयलाई आवश्यक पर्ने सामग्री खरिदमा पनि कार्यकारीले आफूखुसी गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘पहिले रोकिएका प्लटिङ र अवैध खानी उत्खनन् कार्य पनि कार्यकारी आएपछि पुनः सञ्चालन हुन थालेका छन् ।’ 

    गोदावरी नगरपालिकाका वडैपिच्छे अवैधरूपमा प्लटिङ भइरहेको छ । तर पनि यसलाई रोक्न नगरपालिकाले चासो दिएको छैन । यहाँका खेतीयोग्य जमीनमात्रै होइन, भिराला पाखा, वन क्षेत्रसमेत प्लटिङ हुँदै आएको छ । नगरपालिकाको वडा नम्बर १, २, ४, ८, ९, १०, १३ र १४ मा अवैध तरिकाले प्लटिङ तथा नदीजन्य पदार्थ उत्खनन् हुँदै आइरहेको छ, जसका कारण वातावरणसमेत बिग्रिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक मुकुन्द पहरीको भनाइ छ । उनले नगरपालिकाका कार्यकारीले नै अवैधरुपमा प्लटिङ र खानी सञ्चालनमा सघाउँदै आइरहेका छन् । उनले भने, ‘यस क्षेत्रमा नगरपालिकाकै बदमासीका कारण अवैध उत्खनन् बढेको हो, हामीहरुले रोेक्न खोजे पनि कार्यकारीज्यूहरुले हस्तक्षेप गर्दै आउनुभएको छ ।’ उनले यसअघिका कार्यकारीहरुले नै यस क्षेत्रमा हुने अवैध उत्खनन्का कार्य थालेको जानकारी दिए । करिब ४ वर्षअघि टेकराज पन्थी प्रशासकीय अधिकृत भएको बेला अवैध खानीहरुलाई पनि अनुमति दिएको र मिलेमत्तो गरेको उनको भनाइ छ । 
    खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को चौंथो संशोधन नियमावली २०७३ को परिच्छेद ५ मा राष्ट्रिय तथा सार्वजनिक हित र सुरक्षाका निम्ति छुट्याइएका स्थान, विद्यालय, पर्यावरणीय क्षेत्र, घरनजिक खानी सञ्चालन गर्न नहुने व्यवस्था गरिएको छ । तर, नगरपालिकाका कर्मचारीकै मिलेमत्तोमा उक्त अवैध कार्य हुँदै आएको  छ, जसका कारण लेले टीकाभैरव क्षेत्रको वन तहसनहस पारिएको छ । 
    प्रशासकीय अधिकृत कोइरालाले आफूले कार्यालयमा इमान्दार भएर काम गरेको बताए । उनले भने, ‘यी सबै आरोपमात्रै हुन्, म कानुन बाहिर गएर कुनै नराम्रो काम गरेको छैन, यो ठाउँ यस्तै विवादित रहेछ ।’

    यसअघिका प्रशासकीय अधिकृतको पनि कनेक्सन
    गोदावरी नगरपालिकाभित्र अवैध प्लटिङ र खानी सञ्चालनमा यसअघिका प्रशासकीय अघिकृतले पनि सघाउँदै आएका थिए । यसअघिका प्रशासकीय अधिृकत कृष्णप्रसाद जैसी भ्रष्टाचार मुद्दामा समेत परेका छन् । उनीविरुद्ध उजुरी परेलगत्तै अख्तियारले छानविन प्रक्रिया थालेको थियो । उनीमाथि नगरभित्रको विकास योजनामा आर्थिक दुरुपयोग गरेको र अवैध खानी सञ्चालन गरेको आरोप लाग्दै आएको थियो । अहिलेका प्रशासकीय अधिकृतले पनि सोही तरिकाले काम गरेको स्रोतको भनाइ छ । त्यस्तै, प्रशासकीय अधिकृत टेकराज पन्थीको कार्यकालमा पनि यस क्षेत्रमा अवैध खानी सञ्चालनका लागि अनुमति दिइएको थियो । कार्यकारीले आफूखुसी गरेपछि मेयरले पन्थीको कार्यकक्षमा ताला लगाएका थिए । कार्यालयमा बदमासी गरेको भन्दै मेयर महर्जनले टेकराज पन्थीलाई फिर्ता पठाएका थिए । 
    नगरप्रमुख भन्छन्– मलाई जानकारी छैन
    गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कार्यकारीको कामप्रति आफू त्यति सन्तुष्ट नभएको बताए । उनले आफूहरुको योजनानुसारका काममा कार्यकारीले सहयोग नगरेको आरोप लगाए । ‘उहाँहरुले कार्यालयमा गरेका काममा हामी अनुगमन गर्छौं, गलत कामलाई हामी रोक्छौं, कतिपय कुरामा उहाँहरु आफूखुसी अघि बढेको पाउँछौं,’ उनले भने, ‘म मेरो काममा व्यस्त हुन्छु, उहाँले केके गर्नुभएको छ, त्यति जानकारी छैन ।’ 
    जनप्रतिनिधिसँग टसल 
    गोदावरी नगरपालिकाका कर्मचारी र जनप्रतिधिबीच टसल परेको पाइएको छ । स्रोतका अनुसार, मेयर–उपमेयरले भनेको प्रशासकीय अधिकृतले मान्दैनन्, जसका कारण कार्यालयको काममा समेत समन्वयको अभाव देखिएको छ । त्यस्तै, कार्यालयको सामान खरिद, क्रसर, ढुङ्गाखानी, प्लटिङलगायतका क्षेत्र सञ्चालन गर्न दिने÷नदिने विषयमा पनि कर्मचारी र जनप्रतिनिधिबीच पर्याप्त समन्वय हुन सकेको छैन । प्रशासकीय अधिकृतले आफ्नै ढिपीमा प्लटिङ गर्न दिएको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस