Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

यस्तो छ आजको मौसम : हल्का वर्षा र हिमपात हुने 


नया सडक

२०८०, मंसिर १९ मंगलबार (From Archieve)

  • 567
    Shares

  • यस्तो छ आजको मौसम : हल्का वर्षा र हिमपात हुने 

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस