Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमा नेपाल टेलिकमका पूर्व निर्देशकहरू पक्राउ


नया सडक

२०८०, माघ १० बुधबार

  • 678
    Shares

  • गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमा नेपाल टेलिकमका पूर्व निर्देशकहरू पक्राउ

    काठमाडौं ।  नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

    गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानमा  बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।

    दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ ।  उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियार स्रोतले भन्यो, ‘पटकपटक बोलाउँदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, आज पक्राउ गरिएको हो ।’

    अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस