Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

भ्रष्टाचारको अभियोगमा सुनिल र विकल पौडेल पक्राउ


नया सडक

२०८०, माघ १० बुधबार

  • 1.2k
    Shares

  • भ्रष्टाचारको अभियोगमा सुनिल र विकल पौडेल पक्राउ

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेकोलगायत अभियोगका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले यसअघि नै मुद्दा दायर गरेको थियो । नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिकरुपमा नियुक्ति लिएको आयोगको ठहर छ ।

    आयोगका अनुसार विकल पौडेललको हकमा संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएको पाइएको छ । निजले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने, भागी जाने सम्भावनासमेत भएकाले अनुसन्धान कार्यमा बाधा नपुगोस् भन्ने उद्देश्यले उनीहरुलाई आज पक्राउ गरिएको आयोगका प्रवक्ता घिमिरेले राससलाई  जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस