काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते बिहीबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ । माघ १२ र १३ गते क्रमाशः शुक्रबार र शनिबार परेकाछन् । त्यसैले यी दुई दिन सेयर कारोबार हुँदैन ।
लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।गत वर्षको नाफाबाट यस इन्सुरेन्सले ८।६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।