Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 588
    Shares

  • फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै

    नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ७५ औं गणतन्त्र दिवससमारोहका प्रमुख अतिथिका रुपमा आज जयपुर आइपुग्नुहुने भएको छ ।

    भारत–फ्रान्स रणनीतिक साझेदारीको २५ औँ वर्षगाँठको अवसरमा उहाँको भ्रमण हुन लागेको हो । 

    म्याक्रोँले अम्बर किल्लाको भ्रमण गरेर भ्रमणको सुरुवात गर्नुहुनेछ । 

    राष्ट्रपति म्याक्रोँलाई प्रधानमन्त्री मोदीले स्वागत गर्नुहुनेछ र दुवै नेताले गुलाबी शहरको एकसाथ भ्रमण गर्नेछन् । भ्रमणपछि दुई नेताबीच गहन द्विपक्षीय वार्ता हुनेछ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ७५ औं गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा म्याक्रोँको भारत भ्रमण तय भएको हो । यस अवसरमा फ्रान्सेली सशस्त्र बलको एक टुकडीले गणतन्त्र दिवसको परेड र फ्लाइपास्टमा भारतीय सेना र एभिएटरहरूसँग भाग लिनेछ ।

    म्याक्रोँले ‘एम्बर फोर्ट’को भ्रमण गर्नुहुनेछ र इन्डो–फ्रान्सेली सांस्कृतिक परियोजनाका सरोकारवाला, साथै विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुनेछ । 

    जनवरी २६ मा राष्ट्रपति म्याक्रोँ गणतन्त्र दिवसको परेडमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । 

    “उहाँ भारतका सम्माननीय राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा राष्ट्रपति भवनमा हुने ‘एट होम रिसेप्सन’ र त्यसपछि राजकीय भोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । 

    यसअघि म्याक्रोँ सन् २०१८ को मार्चमा भारतको राजकीय भ्रमणमा र जी–२० शिखर सम्मेलनका लागि सन् २०२३ को सेप्टेम्बरमा औपचारिक दिल्ली भ्रमणमा आउनुभएको थियो । 

    उहाँले चार पटक प्रधानमन्त्री मोदीलाई फ्रान्समा स्वागत गरिसक्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस