Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

 १४ करोड रुपैया विगो कायम गरी अभौतिक मुद्रा क्रिप्टो करेन्सी(USDT COIN )को कारोवारी उपर राजश्व अनुसन्धान विभागलद्धारा मुद्दा दर्ता 

 १४ करोड रुपैया विगो कायम गरी अभौतिक मुद्रा क्रिप्टो करेन्सी(USDT COIN )को कारोवारी उपर राजश्व अनुसन्धान विभागलद्धारा मुद्दा दर्ता 

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा क्रिप्टो करेन्सी(USDT COIN) को कारोवार गर्नेहरु माथि अनुसन्धान सम्पन्न गरी आज ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको छ ।क्रिप्टो करेन्सी(USDT COIN) को कारोवारको अनुसन्धान गरेका राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीले अनुसन्धान सम्पन्न गरी आज ललितपुर, जिल्ला अदालतमा अभियोग दायर गरेका हुन् । 
    अनुसन्धान अधिकारीले करिव ५ महिनाको सुक्ष्म अनुसन्धान पश्चात् प्रतिवादीहरु स्थायी ठेगाना झापा भएका शुभम कुमार यादव र रोहन चौधरी उपर अभियोग दायर भएको बताएका छन्। प्रतिवादि शुभम कुमार यादवले बाइनान्स एप(Binance App) को प्रयोग गरी पिटुपी(p2p)च्यानलको (channel) को प्रयोग गरी अभौतिक मुद्राको कारोवार गरेको अनुसन्धान बाट खुलेको छ । साथै शुभम कुमार यादवले कारोवारको रकम राख्नन तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको खाता प्रयोग गर्ने गरेको अनुसन्धान बाट खुलेको छ । निज प्रतिवादिहरुलाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय मागदावि गरि अभियोग दायर गरेको अनुसन्धान अधिकारी एवम् सुचना अधिकारी नवराज अधिकारीले बताएका छन् ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अभौतिक मुद्राको कारोवारलाई राजस्व अनुसन्धान विभागले सुक्ष्म रुपमा अनुसन्धान गर्दै गरेको जानकारि दिएका छन् । पछिल्ला दिनहरुमा राजश्व चुवावट नियन्त्रणमा कृयाशिल राजस्व अनुसन्धान विभागले अभौतिक मुद्राको कारोवारको अनुसन्धान समेत गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij