Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान तीन दिने भ्रमणका लागि नेपालमा


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 858
    Shares

  • चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान तीन दिने भ्रमणका लागि नेपालमा

     काठमाडौं । माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान तीन दिने भ्रमणका लागिनेपाल आइपुगेकी छन् । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् ।

    माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले उनलाई  स्वागत गरे । भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    यसपछि शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने र साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

    आइतबार ९ देखि ११ बजेसम्म सोल्टि होटलमा हुने एउटा कार्यक्रममा सहभागी हुने आईतबार ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ । आइतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

     

    प्रतिक्रिया दिनुहोस