Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सन् २०२४ पछि यूक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 615
    Shares

  • सन् २०२४ पछि यूक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

    कीएभ । यूक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ ।

    प्रेस सेवाले यूक्रेनी पक्षको स्थितिबारे जानकारी गराउँदै यातायात सम्झौता यस वर्षको अन्त्यमा समाप्त हुने तथा रूसीहरूसँग वार्ता र सम्झौता विस्तार गर्ने योजनामा नरहेको जनाएको छ ।

    यद्यपि यूक्रेनले आफ्नो ग्यास यातायात प्रणाली प्रयोग गर्न युरोपेली सङ्घका अन्य देशहरूसँग वार्ता गर्न सक्ने स्रोतले जनाएको छ । 

    यूक्रेनको राज्य सञ्चालित ऊर्जा कम्पनी नाफ्टोगाज र विशाल रूसी ग्यास कम्पनी गाजप्रोमले सन् २०१९ डिसेम्बरमा ग्यास यातायात सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार यूक्रेनले सन् २०२१÷०२४ को अवधिमा प्रति वर्ष ४० अर्ब क्युबिक मिटर रूसी ग्यास ढुवानी गर्ने योजना थियो ।  

    गत वर्ष रूसबाट यूक्रेन हुँदै जाने ग्यास २८.४ प्रतिशतले घटेर एक करोड ४६ लाख क्युबिक मिटरमा झरेको थियो ।  

    प्रतिक्रिया दिनुहोस