Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

कोलम्बियामा डडेलोका कारण १७ हजार हेक्टरभन्दा बढी जङ्गली क्षेत्रमा क्षति

कोलम्बियामा डडेलोका कारण १७ हजार हेक्टरभन्दा बढी जङ्गली क्षेत्रमा क्षति

  •  

    बोगोटा । कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण नोभेम्बरयता १७ हजार हेक्टरभन्दा बढी जमिन जलेर नष्ट भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

     

    लामो समयदेखिको खडेरी, उच्च गर्मी र एल निनो मौसमी घटनाका कारण यो बर्ष ३४० भन्दा बढी डढेलोका घटना रेकर्ड गरिएको वातावरणमन्त्री सुसाना मोहम्मदले जानकारी दिनुभयो । 

     

    कोलम्बियाले सोमबारदेखि राजधानी नजिकै धेरै डढेलोको सामना गर्नुपरेको छ । राजधानी बोगोटाबाट देखिने पहाडहरूमा अधिकारीहरूले जलेको क्षेत्रनजिक बस्ने बासिन्दाहरूलाई खराब वायु गुणस्तरको कारण अतिआवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् ।

     

    “आज बोगोटाबाट करिब २५० किलोमिटर उत्तरपूर्वमा हिउँले ढाकिएको चुचुरो भएको प्राकृतिक पार्क नेभाडा डेल कोकुईमा आगो लागेको छ,” मोहम्मदले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले पार्कमा आगोको ज्वाला ‘निकै उच्च’ स्थानमा रहेकाले स्थितिको आँकलन गर्न हेलिकप्टर परिचालन गरिएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij