Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने अन्तिम दिन


नया सडक

२०८०, माघ १४ आइतबार

  • 915
    Shares

  • आज रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने अन्तिम दिन

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने आज आइतबार माघ १४ गते अन्तिम दिन हो । यस कम्पनीको आइपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म बोलकबोल पेश गर्न सक्नेछन् । यस कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।रिलायन्स स्पिनिङ मिल्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४?% ले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये ४०% अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो । बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । 
    संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । 

    प्रतिक्रिया दिनुहोस