Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

न्यूरोड क्षेत्रका व्यापारीहरूद्वारा २२ नम्बर वडा कार्यालयमा तालाबन्दी, निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्ने संकेत


नया सडक

२०८०, माघ १४ आइतबार

  • 2.7k
    Shares

  • न्यूरोड क्षेत्रका व्यापारीहरूद्वारा २२ नम्बर वडा कार्यालयमा तालाबन्दी, निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्ने संकेत

    काठमाडौं । न्यूरोड क्षेत्रका स्थानीय बासिन्दा र व्यापारीहरूले काठमाडौं महानगरपालिका वडा न २२मा तालाबन्दी गरेका छन् । न्यूरोड क्षेत्रका कालोपत्रमा सवारी साधन पार्किङ गर्न नदिने गरी माघ ९ गतेदेखि काठमाडौ महानगरपालिकाले सो निर्णय कार्यान्वयन गर्न खोजेकोमा त्यसको विरोधमा स्थानीय बासिन्दा र व्यापारीहरू आन्दोलित भएका हुन् ।

     पाको युथ क्लबका पूर्व अध्यक्ष अमृत मानन्धरको नेतृत्वमा स्थानीय बासिन्दा र व्यापारीहरूले संयुक्त संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
    त्यसयता निरन्तरको आन्दोलनबाट काठमाडौं महानगरपालिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न थालेको देखिएको हो । काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने निर्णय गरेको हो । कामपाले आज माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा सो पार्किङ क्षेत्र उपलव्ध गराउन लागेको हो ।

    तर आन्दोलनरत व्यापारीहरूले यो सकारात्मक कदम भएपनि मागको इमानदार सम्बोधन नभएको बताएका छन् ।  धरहरासँगैको पार्किङ भवनमा ३सय जति मोटरसाइकल पार्किङ हुन सक्ने क्षेत्र हो । यो भवन खुला गरिएपनि व्यापारीहरूले आजै माघ १४ गते वडा न २२मा तालाबन्दी गरे ।

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी सार्वजनिक गरे अनुसार यसअघि काठमाडौँ टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलव्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा माघ १४ गतेदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलव्ध गराउन लागिएको हो ।

    तर आन्दोलनरत व्यापारीहरूले अन्य पार्किङ क्षेत्र खुला गर्नुका साथै यस क्षेत्रमा रहेका सार्वजनिक जग्गाको पहिचान गरी त्यसक्षेत्रमा पनि सवारी साधनको पार्किङ व्यवस्थापन उचित तरिकाले गर्नुपर्ने बताएका छन् । जबसम्म माग पूरा नभए आन्दोलन जारी रहने उनीहरूले बताएका हुन् ।

    पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलव्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । 

    आन्दोलनरत स्थानीयबासिन्दा  र व्यापरीहरूले माघ १४ गतेदेखि १९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सो अनुसार आइतबार माघ १४ गते वडा न २२को कार्यालयमा तालबान्दी गर्ने काम पूरा गरेको व्यापारीहरूले बताए । तालबन्दी गरेपछि एक बजेसम्म ब्यानरसहितको प्रदर्शनको कार्यक्रम रहेको छ । 
    यसै गरी माघ १५ गते सोमबार बृहत विरोध ¥याली प्रदर्शन कार्यक्रम दिउँसो एक बजेसम्म गरिनेछ ।

    माघ १६ गते मंगलबार बेलुका साढे पाँच बजेदेखि साढे ६ बजेसम्म बत्ती बन्द गर्ने ब्ल्याकआउट कार्यक्रम गरिने भएको छ । माघ १७ गते बुधबार मोटरसाइकल ¥याली निकालिने छ । माघ १८ गते बिहीबार  एक बजेसम्म बन्दको कार्यक्रम तय गरिएको छ । माघ १९ गते शुक्रबारदेखि  अनिश्चितकालीन बन्दको कार्यक्रम तय गरिएको व्यापारीहरूले जनाएका हुन् । 

    प्रतिक्रिया दिनुहोस