Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images
फोर्ब्स

सौन्दर्य प्रसाधन कम्पनीका मालिक अर्नाल्टले विद्युतीय कार कम्पनी टेस्लाका मालिकलाई उछिनेर एक नम्बर अर्बपति बने

सौन्दर्य प्रसाधन कम्पनीका मालिक अर्नाल्टले विद्युतीय कार कम्पनी टेस्लाका मालिकलाई उछिनेर एक नम्बर अर्बपति बने

  • काठमाडौं । सौन्दर्य प्रसाधनका वस्तु निर्माण गर्ने फ्रान्सेली कम्पनीका मालिकले विद्युतीय कार बनाउने अमेरिकी कम्पनीका मालिकलाई सम्पत्तिमा उछिनेर विश्वको सबै भन्दा बढी सम्पत्ति हुनेहरूको सूचीको सर्वोच्च स्थान ओगटेका छन् । विद्युतीय कार बनाउने कम्पनी टेस्ला, स्टारलिंक र पहिले ट्विटर हाल एक्सका मालिक एलन मस्कले विश्वका अर्बपतिहरूको सूचीको पहिलो स्थान गुमाएका हुन् ।उनलाई सौन्दर्य प्रसाधन बनाउने फ्रान्सेली कम्पनी लुइस भिटनका मालिक बर्नार्ड अर्नाल्ट  फेरि विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् ।

    फोर्ब्स रियल टाइम बिल्यानियर्सका अनुसार बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति करिब २ खर्ब ७ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । मस्कको कुल सम्पत्ति अहिले २ खर्ब ४ अर्ब ७० करोड डलर बराबर छ ।बर्नार्डको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर बढी छ । यो ध्यान दिन लायक छ कि शुक्रबार एलभिएमएचको मार्केट क्याप ३ खर्ब ८८ अर्ब ८ करोड डलर नाघेको थियो । टेस्लाको मार्केट क्याप हाल ५ खर्ब ८६ अर्ब १४ करोड डलर छ ।

    सो सूचीका अन्य धनीहरूमा यो सूचीको पहिलो स्थान प्राप्त गरिसकेकाहरू छन् ।मस्कपछि तेस्रो स्थानमा अमेजन संस्थापक जेफ बेजोसको कुल सम्पत्ति १ खर्ब ८१ अर्ब ३० करोड डलर छ। चौथो स्थानमा ल्यारी एलिसनको कुल सम्पत्ति १ खर्ब ४२ अर्ब २० करोड डलर छ। त्यसैगरी  १ खर्ब ३९ अर्ब १ करोड डलर कुल सम्पत्तिका साथ फेसबुकका माउ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्ग यो सूचीको पाँचौं स्थानमा छन् ।

    यसपछि वारेन बफेट, ल्यारी पेज, बिल गेट्स, सर्गेई ब्रिन र स्टिभ वाल्मरको नाम पनि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् ।फोर्ब्स रियल टाइम सूचीमा एसिया र भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी ११औं स्थानमा छ । उनको कुल सम्पत्ति १ खर्ब ४ अर्ब ४ करोड डलर छ भने  भारतका दोस्रो धनी व्यक्ति गौतम यो सूचीको  १६औं स्थानमा छन् । उनी कुल ७५ अर्ब ७० करोड डलर छ । कुनै बेला यो सूचीको दोस्रो स्थानमा पुगिसकेका अडानी हाल सेयर घोटाला गरी सम्पत्ति आर्जन गरेको आरोप खेपिरहेका छन् । विगतमा हिडनबर्गले यस्तो रिपोर्ट सार्वजनिक गरेपछि अडानी कम्पनीको सेयर घटेको थियो । त्यसयता उनी समस्यामा परेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij