Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

अफवाह फैलाएर नेपाल चीन सम्बन्ध बिगार्न खोजिएको चिनियाँ नेतृ हाइयानको भनाइ

अफवाह फैलाएर नेपाल चीन सम्बन्ध बिगार्न खोजिएको चिनियाँ नेतृ हाइयानको भनाइ

  • काठमाडौं । नेपाल भ्रमणमा रहेकी  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् ।काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रियामा हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।

     चीनले राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहिरहेकाले केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका उनले भनिन् ।अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताइन् । त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको उनले  बताइन् ।

    वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको  उनको भनाइ छ ।उनले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेको बताइन् ।

    नेपालमा नीतिगत सुधारको खाँचो रहेको औँल्याउँदै  उनले  नीतिगत सुधार हुँदा धेरैभन्दा धेरै लगानी भित्र्याउन सकिने बताइन् ।नेपालमा परियोजना समयमा सम्पन्न गर्न ढिलाइ हुनुमा धेरै समस्या रहेको  उल्लेख गर्दै  उनले तिनलाई आपसी समझदारीमा सल्टाउनु पर्ने बताइन् ।

    उनले नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्नुपर्ने बताइन् । साथै,  नेपालको चाहना चिनियाँ छात्रवृत्ति धेरैभन्दा धेरै देओस् भन्ने रहेको र त्यसमा छलफल गर्ने उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij