Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यस्तो छ आजको मौसम:हिमाली भेगमा हिमपातको सम्भावना,तराईमा हुस्सु र कुहिरो


२०८०, माघ १५ सोमबार

  • 693
    Shares

  • यस्तो छ आजको मौसम:हिमाली भेगमा हिमपातको सम्भावना,तराईमा हुस्सु र कुहिरो

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

    दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस