Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images
सेयर शिक्षा

सर्किट ब्रेकर के हो  ?  यो कतिबेला लगाइन्छ ? 


२०८०, माघ १५ सोमबार

  • 696
    Shares

  • सर्किट ब्रेकर के हो  ?  यो कतिबेला लगाइन्छ ? 

    पूँजीबजारमा पछिल्लो समय दैनिकजसो ठूलो पहिरो गइरहेको छ । बजार घट्दो क्रममा रहेकोले अघिल्लो सातादेखि ‘सर्किट ब्रेकर’ शब्दावली निकै चर्चामा छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय बुुझेका छैनन् ।

    सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई नियन्त्रण गर्न अपनाएको एक विधि हो । कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ । यसको सुरुवात नेप्सेले २०६३ असोज १० गतेबाट गरेको सेयर  हो ।

    यसरी लगाइन्छ सर्किट ब्रेकर: 
    समग्र सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ असोज ६गतेदखि पूरै बजारमा सर्किट ब्रेकर लगाउन सुरु गरेको हो । सुरुमा नेप्सेले अंकका आधारमा कारोबार स्थगन गर्दै आएकोमा २०६५ भदौ ९ गतेदेखि भने प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाउँदै आएको छ ।

    जस अनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि पहिलो सर्किट ब्रेकर लगाई कारोबार स्थगन हुन्छ । पुनः कारोबार खुलेपछि परिसूचक ४ प्रतिशतले परिवर्तन भएमा दोश्रो पटक सर्किट ब्रेकर लाग्छ र कारोबार स्थगित गरिन्छ ।

    दोश्रो सर्किट ब्रेकर लगाएपछि ३० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि खुलेको बजार परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी कारोबार नै स्थगन हुन्छ ।

    प्रतिक्रिया दिनुहोस