Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सानिमा क्यापिटलका ३ वटै म्युचुअल फन्डको न्याभ बढ्यो


नया सडक

२०८०, माघ १५ सोमबार

  • 654
    Shares

  • सानिमा क्यापिटलका ३ वटै म्युचुअल फन्डको न्याभ बढ्यो

    काठमाडौं ।   सानिमा इक्विटी फन्डको पुस महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ९न्याभ० ४१ पैसाले बढेर ११ रुपैयाँ ४३ पैसा कायम भएको छ । मंसिर मसान्तमा यस फन्डको न्याभ ११ रुपैयाँ ०२ पैसा रहेको थियो । फन्डको सूचीकृत सेयरमा रहेको लगानी पनि बढेर १ अर्ब ८ करोड ३० लाख रुपैयाँ कायम भएको छ । मंसिरमा यसले सूचीकृत सेयरमा १ अर्ब ७ करोड ४८ लाख रुपैयाँ लगानी गरेको थियो । यस फन्डको बैंक मौज्दात पनि बढेको छ । यसअवधिमा यसको बैंक मौज्दात ६ करोड २६ लाख रुपैयाँ छ । मंसिरमा यसको बैंक मौज्दातमा ३ करोड १२ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित १०२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । पुस मसान्तसम्म इक्विटी फन्ड कुल १ करोड ८७ लाख रुपैयाँ नाफामा रहेको छ । 

    सानिमा लार्ज क्याप फन्डको न्याभ ५१ पैसाले बढेर १० रुपैयाँ ०९ पैसा कायम भएको छ । मंसिरमा यस फन्डको न्याभ ९ रुपैयाँ ५८ पैसा थियो । यता, फन्डको सूचीकृत सेयरमा लगानी पनि बढेको छ । मंसिरमा ७६ करोड ९५ लाख रुपैयाँ रहेको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पुसमा बढेर ८१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । मंसिरको तुलनामा यस फन्डको बैंक मौज्दात पनि बढेको छ । मंसिरमा ११ करोड ४ लाख ९६ हजार रुपैयाँ रहेको बैंक मौज्दात यो महिनामा बढेर ११ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म लार्ज क्याप फन्ड ३ करोड ७३ लाख रुपैयाँ नाफामा रहेको छ । 
    सानिमा ग्रोथ फन्डको न्याभ पनि ६५ पैसाले बढेर ११ रुपैयाँ ०६ पैसा कायम भएको छ । मंसिरमा यस फन्डको न्याभ १० रुपैयाँ ४१ पैसा थियो । यता, फन्डको सूचीकृत सेयरमा रहेको लगानी पनि ३७ करोड ४८ लाख रुपैयाँबाट बढेर ४१ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । पुस महिनामा यस फन्डको बैंक मौज्दात भने घटेको छ । मंसिरमा १७ करोड ४३ लाख रहेको बैंक मौज्दात पुसमा घटेर १६ करोड ५५ लाख रुपैयाँमा झरेको छ । 

    प्रतिक्रिया दिनुहोस