Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

महालक्ष्मी नगरपालिकाका मेयर /उपमेयरले नगरपालिका सञ्चालनमा  आफूखुशी गरेको वडा अध्यक्ष केसीको आरोप


२०८१, असोज ३ बिहीबार

  • 318
    Shares

  • महालक्ष्मी नगरपालिकाका मेयर /उपमेयरले नगरपालिका सञ्चालनमा  आफूखुशी गरेको वडा अध्यक्ष केसीको आरोप

    ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर उपमेयरले नगरपालिका सञ्चालनमा आफूखुशी गरेको आरोप लगाइएको छ ।महालक्ष्मी नगरपालिका वडा न ५ का वडा अध्यक्ष कपिल केसीले यस्तो आरोप लगाएका हुन् । आधारशिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ साधारण सभाको प्रमुख अतिथिको हैसियतमा केसीले महालक्ष्मी नगरपालिकाका मेयर र उपमेयरले वडा अध्यक्षहरूलाई बेवास्ता गरी आफूखुशी गर्ने गरेको बताए । गोदावरी खोलामा मेयरको टोलबाटै ढल मिसाएको समेत बताउनुु भयो । गोदावरी खोला सरसफाईमा आफु दिलो ज्यानले लाग्ने पनि बताउनुु भयो । उनले सहकारीको उत्तरोत्तर कामना गर्दै वडाको सरसफाइ र समाजसेवामा योगदान दिन सकोस भनी शुभकामना व्यक्त गरे ।

    सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमितिको घोषणा भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.५, टिकाथली खरिबोट चोक स्थित संस्थाको आफ्नै जग्गा कित्ता नं. ८९ क्षेत्रफल ५ आनामा बनेको भवनमा सञ्चालित  आधारशिला बचत तथा ऋण सहकारी संस्थामा  महिला ४९४ र  पुरुष ५३२ गरी कुल १ हजार २६ जना सदस्य रहेका छन् भने बाल बचतकर्ताको संख्या २सय ७७ जना रहेका छन् ।

    aadharshila1.jpeg

    यो बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका १३,१४ र १५ वडाहरू रहेको छ ।संस्थाको वार्षिक प्रतिवेदन अनुसार स्वीकृत शेयर पुँजी ६ करोड, चुक्ता शेयर पूँजी ३ करोड ६० लाख ७७ हजार ५सय, जगेडा तथा अन्य कोष २ करोड ३७ लाख १७ हजार १ सय ३३, जोखिम कोष ९२ लाख १८ हजार ३९, स्थिर सम्पत्ति (घर÷जग्गा अन्य) २ करोड ६५ लाख ८८ हजार १ सय १०, बचत संकलन ३३ करो ३३ लाख ४६ हजार ५ सय ७१  र कर्जा लगानी ३१ करोड ५३ लाख ६१ हजार ५ सय १५ रुपैयाँ रहेका छन् ।

    आधारशिला बचत तथा ऋण सहकारी संस्थाकोे परिकल्पना  सहज, सबल, गतिशील, गुणस्तरीय, विश्वनीय सहकारी निर्माण रहेको छ भने यसले  सदस्यहरुलाई बचत गर्ने बानीको विकास र नवितम प्रविधिमा पहुंच तथा अभ्यस्त हुन अभिप्रेरित गर्ने, उत्कृष्ट सेवाको साथ सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक कार्यमा सहयोग गर्ने ध्येय लक्ष्य युक्त उद्देश्य रहेको छ ।सामुहिक विश्वास, सामुहिक जवाफदेहिता, सामुहिक उत्तरदायित्व, सामुहिक ऐक्यबद्धता, दिगोपना, साँस्कृतिक सम्मान, पारदर्शिता । सांँचो  अर्थमा प्रजातान्त्रिक एवं विवेकीय अभ्यास, सदस्य सेवा र संस्थागत सुशासनमा  प्रतिवद्धता आधारशिला बचत तथा ऋण सहकारी संस्थाका मूल्य मान्यता रहेका छन् ।

    c.jpg

    २०८१/०४/३२ गते बसेको संचालक समिति बैठकबाट १४ औँ वार्षिक साधारण सभा गर्ने  निर्णय अनुसार आज बिहीबार सम्पन्न  भएको छ । ईन्थ्राईन ईङलिस बोर्डङ्ग स्कुल परिसर, टिकाथलीमा आयोजना गरिएको साधारण सभामा स्वंय उपस्थित हुने सदस्यहरूलाई यातायात खर्च वापत ३ सय उपलब्ध गराइएको र संस्थाका सदस्यहरूका सन्तानहरू मध्येबाट उत्कृष्ट अंक ल्याएर शिक्षा आर्जन गर्नेहरूलाई सम्मान गरियो ।

    संयोजकत्वमा दामोदर कोइराला तथा अर्जुन कुमार प्रधान सदस्य रहने गरी गठित निर्वाचन समितिका अनुसार  उम्मेदवारी दर्ता गर्नेहरुको प्रथम सूची मिति २०८१/०५/३० गते प्रकाशन गरिएकोमा निर्वाचन कार्यक्रममा उल्लेखित समयवधिमामा सो सूचीमा रहेका उम्मेदवार प्रति कुनै दाबी विरोध नभएको र कुनै उम्मेदवारले दरखास्त फिर्ता नलिएकाले सो अनुसारको निर्विरोध समिति गठन भएको घोषणा गरियो । जस अनुसार अध्यक्ष ,डोर बहादुर कार्की, उपाध्यक्ष राम बहादुर खड्का, सचिवसत्यवती थापा मगर राना, कोषाध्यक्ष ज्ञान बहादुर श्रेष्ठ संचालक सदस्यहरूमा   धन कुमार मैनाली ,सुवोध प्रसाद चौलागाई , सुधा कुमारी कंँडेल, लेखा संयोजक  झनक बहादुर श्रेष्ठ, लेखा सदस्यहरूमा सुजता पोखरेल र नारायण बहादुर थापा सहितको नयाँ कार्यसमिति बनेको घोषणा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस