Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

जापान : स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो


नया सडक

२०८०, माघ १५ सोमबार

  • 741
    Shares

  • जापान : स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो

    टोकियो ।जापानको चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ ।

    स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून (स्लिम) ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ । 

    जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, “हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान कार्यहरूलाई फेरि शुरु गरेका छौँ ।”
     
    “हामीले तत्काल एमबीसीसँग वैज्ञानिक अवलोकन सुरु गर्यौं र १०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौं,” ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

    स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफल अवतरण’ गर्र्ने पाँचौं राष्ट्र बनेको छ । 

    ‘२० मिनेटको सन्त्रास’ फैलाएको उक्त यानको इन्जिनमा समस्या आएको र यो निकै खराब कोणमा टुङ्गिएको जाक्साले सार्वजनिक गरेको तस्बिरले देखाएको छ ।

    यसको मतलब सौर्य प्यानलहरू सिधा माथि हुनुको सट्टा पश्चिमतर्फ ढल्केको कारण सौर्य प्यानलबाट हुने इन्धन आपूर्ति प्रणालीमा अवरोध आएको थियो । सौर्य प्यानलले काम गरेसँगै उनीहरूले अझै पनि काम गर्न पर्याप्त सूर्यको प्रकाश पाउनेछन् ।

    जाक्साले गत हप्ता स्लिमलाई १२ प्रतिशत इनर्जी बाँकी रहेको अवस्थामा स्विच अफ गरेको बताएको थियो ।

    जाक्साका प्रवक्ताले सोमबार एएफपीलाई बताएअनुसार ‘सम्भवतः स्लिमको सौर्य ब्याट्रीमा सूर्यको प्रकाश आपूर्तिभएसँगै यानलाई आवश्यक बिजुली उत्पादन सुरु भएको छ र स्लिमको अनुसन्धान अभियान पुनः शुरू भएको छ । 

    उहाँले भन्नुभयो, “हामी स्लिमको स्थिति समायोजन गर्नुको सट्टा अब हामी अवलोकन र जानकारी सङ्कलन के गर्न सक्छौं त्यसलार्इृ प्राथमिकता दिनेछौं किनकि प्यानलको अवस्थालाई चलाउँदा अभियानमा समस्या हुन सक्छ ।”

    “स्लिम रहेको स्थान अर्थात् चन्द्रमामा जनवरीको अन्त्यसम्म दिनको समय रहनेछ र सोर्य प्रणालीलाई सहयोग पुग्नेछ तर १४ दिनपछि अर्थात् फेब्रुअरीको शुरूसँगै चन्द्रमामा रात हुनेछ,” उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस