Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ३ लाख ४३ हजार 


२०८०, माघ १६ मंगलबार

  • 633
    Shares

  • चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ३ लाख ४३ हजार 

    काठमाडौं । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३ लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा ४ लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।उनले भने, “पुसमा ६५ हजार ८१३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।”चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस